सिराहाको बरियारपट्टी गाउँपालिकाले ज्याला मजदुरी गर्दै संघर्षका बीच पूर्ण छात्रवृत्तिमा MBBS अध्ययनका लागि नाम निकालेका सत्य नारायण साफीलाई आवास, खानपान, किताब–कापी लगायतका आवश्यक खर्चमा सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको यस कदमले मेहनत, लगनशीलता र शिक्षा प्रतिको सम्मानलाई उजागर गर्दै अन्य विद्यार्थीहरूका लागि पनि प्रेरणाको सन्देश दिएको छ।
0 Comments